Section 17
पर्वतारोहणको लागि अनुमति लिनु पर्ने
(१) पर्वतारोहणको लागि नेपाल सरकारले खुला गरेकोनेपाल …को कुनै हिमालचूली आरोहण गर्न चाहने पर्वतारोही दलले तोकिएबमोजिम नेपाल सरकारसमक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमो जिम दरखास्त प्राप्त भएपछि नेपाल सरकारले आवश्यक जाँचबुझगरी मनासिव देखेमा तोकिएबमोजिम अनुमति जारी गर्न सक्नेछ ।(३) पर्वतारोहणको अनुमति प्राप्त गर्ने पर्वतारोही दलले पालना गर्नु पर्ने शर्तहरू तोकिएबमोजिम हुनेछन्।